काठमाडौं । भन्सार कार्यालयले गलत घोषणा गरेका केही ट्रक सामान राजस्व अनुसन्धान विभागले नागढुंगाबाट बरामद गरेको छ । निगरानीकै क्रममा भन्सार कार्यालयले गलत घोषणा गरेका केही ट्रक सामान राजस्व अनुसन्धान विभागले एक हप्ताअघि नागढुंगाबाट बरामद गरेको हो।
बढी मूल्यको सामान ल्याएको भए पनि कम मूल्यको सामान ल्याएको भनी करोडौं राजस्व छली भएको सूचनापछि राजस्व अनुसन्धान विभागले निगरानी बढाएको हो । रसुवा भन्सार कार्यालयबाट भन्सार छली गरी सामान आयात गर्ने क्रम बढेको छ । दशैंको सम्मुखमा ब्यापारी र भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको सेटिङमा एउटा सामान ल्याउने र अर्कै घोषणा गरिएको पाइएको छ ।
राजस्व अनुसन्धान बिभागलाई गलत घोषणा गरेको सूचनापछि सामान लोड भएको कन्टेनर बरामद गरिएको थियो । भन्सारले कन्टेनरमा ल्र्याको सामान ट्राउजर भनी घोषणा गरेको थियो । तर कन्टेनरमा महंगा पाइन्ट ल्याइएको पाइएको थियो । रसुवा भन्सारका प्रमुख रेग्मीले यसैगरी सेटिङमा गलत घोषणा गर्दै ब्यापारीबाट प्रतिट्रक दररेट अनुसार घुस असुली गर्ने गरेका छन् ।
राजस्वले कन्टेनर बरामद गर्ने क्रममा भन्सारले घोषणा गरेको सामान भन्दा फरक सामान पाइएको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र ब्यापारीको सेटिङमा भन्सारछली तस्करी गरी लत्ताकपडादेखि विभिन्न किसिमका सामान आयात भइरहेको भए पनि राजस्वले फेलापार्न सकेको थिएन । तर पाइन्ट ल्याएर ट्राउजर ल्याएको भनी गलत घोषणा गरी बीसांै लाख राजस्व मार्ने काम भन्सार प्रमुख रेग्मीले गरेको विभागले कन्टेनर बरामद गरेपछि खुलासा भएको छ ।
राजस्व अनुन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने–‘एक साताअघि रसुवा भन्सार कार्यालयले गलत घोषणा गरेका सामान बरामद गरिएको छ, केहीमा कैफियत देखिएको छ ।भन्सारले गलत घोषणा गरेका र राजस्वले नियन्त्रणमा लिएका मालबाहक कन्टेनर कुन ब्यापारिक समूहका हुन् भन्ने कुरा राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले खुलाउन चाहेनन् । रसुवा भन्सारका प्रमुख रेग्मी दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनका अति विश्वासिला निर्देशक थिए ।
मैनालीका विश्वासपात्र रेग्मीले २०७६ चैतको लकडाउनअघिदेखि नै काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा नाकामा सेटिङ गरी तस्करीको लाइन खोलेको आरोप लागेको थियो ।लकडाउनको मौकामा रातिराति एउटै प्रज्ञापनपत्रबाट दसौं ट्रक सामान आयात हुने गरेका थिए । राजस्वका तर्फबाट रेग्मीले नै त्यसको सेटिङ गरेका थिए । रसुवा भन्सारमा सरुवा भएका रेग्मीका बिरुद्ध अख्तियारमा अकूत सम्पत्तिको उजुरी परेकोमा मैनालीले नै तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई भनसुन गरी तामेलीमा राख्न लगाएको स्रोत बताउँछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !