काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले सो प्रस्ताव राख्नुभएको र अन्य नेताहरु पनि सहमत बनेका कांग्रेस उच्च स्रोतले जनाएको छ ।
उच्च स्रोतका अनुसार डा. खड्काको नाममा सहमति भएपछि भोलि (बुधबार)नै उहाँलाई सपथ खुवाइने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !