काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।’राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।
सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुने भएकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !