पोखरा । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले एमसीसीको सम्झौता पूर्व सभामुख कृष्ण बहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले ढुसी पारेर राखेको आरोप लगाएका छन् ।
प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा बोल्दै तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाका कारण एमसीसी पारित हुन नसकेको टिप्पणी गरेका हुन् ।
नेता बाँस्कोटाले भने, कृष्णबहादुर एमसीसी महराजीले पेन्डिङमा हाल्नु भो, सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो ।एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।
कार्यक्रममा बोल्दै बास्कोटाले सत्तारुढ दलसँग झण्डै दुई तिहाइको बहुमत रहेको र एमसीसी पास गर्दा भयो नि, किन रोकेको ? एमाले किन चाहियो ?’ भन्दै प्रश्न समेत गरेका थिए ।
