लहान । सिरहा प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न सुरु गरेका छन् । बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो। एसपी पाण्डे कै सक्रियतामा २ महिनामा १ करोड ९ लाख ७५ हजार ७ सय २३ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामानसहित ५ जना मानिस र ५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।
३ फिटे ३ थान ,४ फिटे ३ थान , ४/४ को ६ थान , ४/४ को ४ फिटे ३ थान अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाईएको छ साथै नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ६ वटा गाडी समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको छ, जसबाट २२ हजार ५ सय मुल्य बराबर राजश्व संकलन भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !