Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संखुवासभा हत्याकाण्ड : तेजबहादुरमाथि लोकबहादुर चिर्पट प्रहा ,हस्तबहादुर चक्कु

संखुवासभा । संखुवासभाको सामूहिक हत्याकाण्डबारे नयाँ ट्विस्ट बाहिरिएको छ । भदौ २१ गते मादी नगरपालिका–१ उम्लिङमा गरिएको कार्की परिवारको हत्या आरोपित लोकबहादुर कार्की एक्लैले नगरेर योजनाबद्ध ढंगले गरिएको प्रहरीले अनुसन्धानमार्फत घटनाक्रमबारे खुलासा गरेको हो ।हत्याका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएको छ । योजनाकार खड्गबहादुर तेजबहादुरका आफन्त पर्दछन् ।

कार्की परिवारका ६ जनाको सामूहिक हत्या भएपछि उनकै भतिजा नाता पर्ने लोकबहादुर पक्राउ परेका थिए । तर, प्रहरीले भने आफ्नो अनुसन्धान त्यत्तिमै सीमित राखेन । मृतक रञ्जना कार्कीको हराएको मोबाइल फोनबारे अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा मोबाइल फोन आरोपित लोकबहादुरकै भाई नरेश कार्कीले लगेको भेटियो ।

त्यसपछि नरेश पनि पक्राउ परे । र, घटना थप रहस्यमय भएको आशंकमा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वको टोलीले आफ्नो अनुसन्धानलाई थप अघि बढायो । टोलीले स्थानीयमाथि अनुसन्धान जारी राख्यो ।

नभन्दै सोमबार प्रहरीले लोकबहादुरका बुवा ४९ वर्षीय रणबहादुर, काका नाता पर्ने ४७ वर्षीय खड्गबहादुर र खड्गका छोरा २८ वर्षीय हस्तबहादुर पक्राउ परे । त्यसपछि घटनाक्रम बाहिरियो, हत्या लोकबहादुर एक्लैले नगरी योजनाबद्ध ढंगले भएको ।प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिक गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले लोकबहादुर कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बनेको भनेको छ ।

प्रहरी उपरीक्षक दाहालका अनुसार राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर कार्की परिवारको हत्याबारे योजना बनाएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको पनि दाहालले अनुसन्धानमार्फत थाहा भएको बताएका छन् ।

  • धनसम्पत्ति किन जस्ताको तस्तै

हत्यापछि मृतकको घरमा रहेको रकम र लगाइरहेको गरगहना भेटिएको थियो । र, प्रहरीले अनुसन्धानमा चोरी गर्ने उद्धेश्यले हत्या नभई अन्य कारणले हत्या भएको जनाएको थियो । तर, अहिले हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनसम्पत्तिसमेत लैजाने योजना बुनिएको खुलासा भएको छ ।

तर, के कारणले धनसम्पत्ति लगिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दाहालको भनाइ छ । दाहालका अनुसार तेजबहादुरको घरमा सुरक्षित राखिएको धनसम्पत्ति नभेटेका कारण लुट्न नभ्याएको हो कि भन्नेछ । मृतक रञ्जनाको हराएको मोबाइलले हत्याको घटनाक्रम पहिल्याउन सफल भएको छ । भदौ २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै निधो भएको हुन्छ ।पूर्व योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुग्छन् । त्यहाँ पुगेर खड्गबहादुर तेजबहादुरलाई भन्छन्– अल्छे लोकबहादुरलाई घरमै गएर खेताला निश्चित गर्नू।

लोकबहादुरको कुरा सुनेर तेजबहादुर लोकबहादुरको घरतिर लाग्छन् । दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर हिँडेपछि खड्गबहादुर र हस्तबहादुर उनलाई पछ्याउँछन् । र लोकबहादुरको घर पुगेपछि तेजबहादुर लोकबहादुर हप्काउँछन् । ‘अल्छी अझैसम्म उठेको छैनस् ?’ त्यसपछि लोकबहादुर उठ्छन् । त्यतिखेर लोकबहादुरका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै हुन्छन् ।

तर, यसअघि प्रहरीले तेजबहादुर खेताला बोलाउन आउँदा रणबहादुर र भाइ घाँस काट्न निस्केको बताएको थियो। जुन तथ्य अहिले परस्पर बाझिइरहेका छन् । लोकबहादुरलाई हकारेर तेजबहादुर घरतिर लागेपछि उनलाई लोकबहादुरले पछ्याउँछन् । लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि हिँड्छन् ।तेजबहादुर घर पुग्नै लाग्दा पछाडिबाट लोकबहादुरे चिर्पटले टाउँकोमा प्रहार गर्छन् । त्यसपछि खड्गबहादुर र हस्तबहादुर पनि दाउराको चिर्पट बोकेर त्यहाँ आइपुग्छन् ।

त्यसपछि सामूहिक रुपमा उनीहरू तेजबहादुरमाथि चिर्पट प्रहार गर्छन् । हस्तबहादुरले तेजबहादुरको पेटमा चक्कु प्रहार गरी डिलबाट तेजबहादुरलाई लडाउछन् । यसअघि भने प्रहरीले घटनामा चक्कु प्रहार भएको प्रसंग उल्लेख गरेको छैन ।सामूहिक रुपमा तेजबबहादुरको हत्या भएको देखेर श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्धार गर्न आउँछन् । लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गर्छन्, हस्तबहादुरले कमलाको घाँटीमा छुरा प्रहार गर्छन् ।त्यसपछि लोकबहादुरका भाई नरेशले रञ्जनालाई ठेलेर खोल्सामा फालिन्छ । त्यसपछि रणबहादुर र लोकबादुरका भाइले रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्‍याउँछन् ।

त्यसपछि तेजबहादुरक नाती दिपेन र नातिनी गोमा घर नजिक बाटोमा देखिन्छन् । उनीहरुलाई हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएर हत्या गर्छन् ।दुवैको हत्या गरेपछि सबैजना जना ८४ वर्षीया पार्वता कार्की भएको ठाउँमा पुग्छन् । पार्वतालाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लग्छन् । त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गर्छन् ।

तर, प्रहरीले भने यसअघि पार्वतालाई कुँडो पकाउन आगो फुक्दै गर्दा हत्या गरिएको प्रहरीले बताएको थियो। जुन घटनाक्रम अहिले परस्पर बाझिएको देखिन्छ ।सामूहिक हत्या गरेपछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा पुग्छन् । जिउँमा लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाउँछन् अनि चिर्पटहरू अँगेनामा डढाउछन् ।

लोकबहादुरका भाइ नरेश भने रञ्जनाको मोबाइल स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाउछन् ।यसअघि उनीहरु हत्याबारे कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने सल्लाह हुन्छ । प्रहरी आएर पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण सबै जिम्मा लिने भन्ने सल्लाह पनि हुन्छ । जुन कुरा यसअघिको प्रहरी अनुसन्धानमा पनि लोकबहादुर मानसिक रोगी भएको खुलेको छ।

अहिलेको अनुसन्धानले लोकबहारदुर मानसिक रोगी नभई नियमित रूपमा मदिरा सेवन गर्नेको गरेको देखाएको छ । उनी मादक पदार्थ सेवन गरी घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्थे। तेजबहादुर त्यो देखेर लोकबहादुरलाई ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनेर गाली गर्ने गर्थे।

भदौ २१ गते बिहानै तेजबहादुरसहित उनकी श्रीमती कमला, आमा पार्वता, बुहारी रञ्जना, नाति दिपेन र नातिनी गोमाको हत्या भएको थियो।भदौ २७ गते प्रहरीले हत्याको मुख्य आरोपी लोकबहादुरलाई सार्वजनिक गरेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh