काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भइ हाल बौद्ध बस्ने वर्ष २४ वर्षीय तेजबहादुर खड्का रहेका छन् ।महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले विशेष सूचनाको आधारमा खड्कालाई पक्राउ गरेको हो ।
साथै उनले लुकाई पार्किङ गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो ।उक्त स्कुटर असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए । यस्तैं महाशाखाले अनुसन्धानका क्रममा खड्काले चोरी गरी बास्तबिक नम्बर परिवर्तन गरी प्रदेश३-०२-०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत फेला पारेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !