जनकपुरधाम । पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् ।सोमबार हिमानी ट्रस्टले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन् । ट्रस्टले सोमबार बिहान कन्या माविमा खानेपानीसम्बन्धी सामग्री वितरणका गर्दैछ।
आइतबार साँझ जनकपुरधाम आइपुगेकी हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छिन्। हिमानीले हिमानी ट्रस्टमार्फत् लाखौं पीडितहरुलाई सहयोग गर्दै आएकी छिन् ।
पछिल्लो समय थाईल्याण्डमा बस्दै आएकी हिमानी केही दिनअघि मात्रै नेपाल आएकी थिइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !