मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित चाइना क्वार्टरबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । स्थानिय राकेश केसीको घरमा जुवा खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा जुवाखाल सञ्चालक राकेश केसी, हेटौंडा घर भएका रमेश श्रेष्ठ, प्रदिपजंग पण्डित, पदमबहादुर भण्डारी, एकबहादुर थापा, दिपेन्द्रकुमार मिश्र र धादिङ घर भएका बाबुकृष्ण उप्रेती छन् ।
आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका मकवानपुरका इन्सपेक्टर देवेन्द्र दासले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !