काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा मोहनकुमार घिमिरे चयन भएका छन् । नेपाल निजामती कर्मचारी संगठनको शनिबार बसेको केन्द्रीय समिति बैठकले घिमिरेलाई आधिकारिक ट्रेड युनियन अध्यक्षमा पठाउने निर्णय गरेको छ ।
हालका आधिकारिक ट्रेड युनियन उपाध्यक्ष भोलानाथ पोखरेललाई सोही पदमा यथावत राख्ने निर्णय पनि गरेको छ ।निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासहितका १० पदाधिकारीहरु ट्रेड युनियनमा राजनीति गरेको, ट्रेड युनियनमा भिजिलान्ते प्रवृत्ति भित्र्याएको र गुटबन्दी गरेको आरोपमा कारबाही गरेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !