सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिगत केहि समय देखि बिरामी रहेकी दशनी देबी खत्वेको घरमा गएर नागरिकता दिएका छन् ।
लामो समय सम्म नागरिकता बनाउनका लागि बिभिन्न प्रयास गरेपनि नागरिकता प्राप्त गर्न नपाएकि ७० वर्षीया दशनी देबी खत्वेलाई नागरिकता दिएको जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको छ ।
रुपनी गाँउपालिका ५ बसबिट्टीमा दशनी देबी खत्वेको घरमै पुगेर नागरिकता दिएको प्रजिअ गौतमले वताएका छन् । बिभिन्न कारणले सीताले नागरिकता बनाउन नसकेको जानकारी पाएपछि उनकै घरमै पुगेर नागरिकता दिएको गौतमले वताए ।
नागरिकता नहुँदा दशनीले सरकार बाट पाउने सेवा सुबिधा बाट बञ्चित भएकि थिईन् । नागरिकता नभएकै कारण उनी मताधिकार र सामाजिक सुरक्षा बाट बञ्चित रहेकि थिईन् । नागरिकता पाईसकेपछि खुशि हुदै सिताले भनिन्, नागरिकताका लागि धेरै प्रयास गरे तर पाँउन सकेको थिएन्, सिडियो साप घरमै पुगेर नागरिकता पाँउदा निकै खुशि भएको वताईन् । गरिब असाहयका लागि सरकार हेरदैन सोचेको थिए, तर हाम्रा लागि पनि सरकार रहेछ भन्ने लागेको दशनीले वताईन् ।

















