काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट प्रहरीले यार्सागुम्ब लुटेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका–६ घर भएका ४६ वर्षीय रि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटिएको थियो ।
लुटपाटमा संलग्न आरोपमा मकवानपुर घर भएका ३० वर्षीय नवराज सुनुवार र २७ वर्षीय बुद्धराज सुनुवार, नुवाकोट घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !