बैतडी । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ परेकी एक महिला कारागार चलान भएकी छन् । बैतडी जिल्ला अदालतले डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
भदौ ६ गते आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको अभियोग कार्कीमाथि लागेको थियो । घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !