काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ ।रुकुमको सिस्ने गाउँपालिका–५ घर भएका अर्जुन बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए ।उनी नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौँका जिल्ला अध्यक्ष हुन् ।
बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको एसपी बस्नेतले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !