सिरहा । सिरहाको ठाडीमा नेपालबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई जना भारतीय युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, खुटौना पञ्चायत बस्ने ४० वर्षीय पिन्टु महतो र ३५ वर्षीय रबि महतो रहेका छन् । उनी दुबै जनालाई सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीमा चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !