काठमाडाैं । तालतलैया तथा सिमसार क्षेत्रको सरसफाई, सम्बर्द्धन, संरक्षण र पुन:निर्माण गरी जलीय प्राणीहरुको अस्तित्व जोगाई पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्य अनुरुप नेपाली सेनाद्वारा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं.६ स्थित किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरुको संरक्षण, सम्बर्द्धन र पुन:निर्माण सम्पन्न गरेर २०७८ भदाै २८ गते नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको छ ।

















