काठमाडौं । महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण गुणस्तरीय नभएको विषयमा गुनासो आएपछि भवनको निर्माण गुणस्तरीय नभएको विषयमा गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको छ । रामशाह पथमा रहेको भवनमा आयोगले गुणस्तरको अनुगमन गरेको छ ।
रामशाह पथमा रहेको भवनको गुणस्तरको विषयमा गुनासो गरेपछि आयुक्त डा.सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले सोमबार दिउँसो निरीक्षण गरेको हो । झन्डै ७१ करोड रुपैयाँको लागतमा निर्माण गरिएको महान्यायाधिवक्ता कार्यालयको भवनमा छत चुइनेदेखि थरिथरिका समस्या देखिएको छ । महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण गुणस्तरीय नभएको सर्वसाधारणबाट गुनोस परेपछि अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठसहित प्राविधिक टोलीले निरीक्षण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जनकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा भएको भीषण वर्षपछि नवनिर्मित भवनमा पानी चुहिएर पार्किङ क्षेत्र जलमग्न भएको थियो । “निर्माणको डिजाइन र गुणस्तरमा समस्या हुनसक्ने प्रारम्भिक अनुगमनले देखाएको छ । हामीले निर्माणसँग सम्बन्धी सम्पूर्ण कागजातमा मगाएका छौं,” आयुक्त डा. श्रेष्ठले भनिन्, “निर्माण कम्पनी, भवन डिजाइन गर्ने कन्सल्ट्यान्ट, अनुगमन गर्ने र भुक्तानी दिने सरकारी निकायलाई भवन निर्माण विषयमा जानकारी माग गरेका छौं ।”
आठ महिनाअघि मात्र उद्घाटन गरेर सञ्चालनमा ल्याइएको उक्त भवनको लिफ्ट बिग्रिनुका साथै खानेपानीका लागि जडान गरिएको बोरिङबाट पानी आएको छैन ।भवनको उद्घाटन गर्दा सञ्चालनमा आएको लिफ्ट ३ महिनादेखि बिग्रेर बन्द भएको छ । अर्थवर्कको काम राम्रो तरिकाले नभएका कारण कार्यालय पछाडि क्यान्टिनतर्फको ग्राउण्ड भासिएको छ। उत्तरतर्फको बाउन्ड्री वाल पूर्ण रूपमा भत्किएर ढलेको छ।शौचालयमा जडान गरिएका कतिपय सेन्सेटिभ धाराले काम गरेका छैनन् । ठाउँ–ठाउँमा फिनिसिङको काम बाँकी नै छ। फल्स सिलिङहरू खस्न थालेका छन् ।
बेसमेन्टमा चुहिएको पानी ताल बनेर जम्दा पार्किङ गर्ने ठाउँ छैन। बेसमेन्टमाथिको ग्राउण्ड फ्लोरमा रहेको पुस्तकालयको फ्लोरमा पानीको सिपेज आउँदा कतिपय पुस्तक भिजेर नोक्सान भएका छन् ।भदौ २१ गते भवन चुहिएर पार्किङमा ताल जमेको समाचार लोकान्तरले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोही दिन स्थलगत निरीक्षण गरेको थियो । अख्तियारले त्यससम्बन्धी सम्पूर्ण कागजातसहितको फाइल झिकाएर छानबिन गरिरहेको छ ।उक्त कार्यालयको लाइब्रेरीमा काम गर्ने एक कर्मचारी मुना अधिकारी त संयोगले जोगिइन् । उनको कार्यकक्ष माथिको फल्स सिलिङ खसेर दुर्घटना हुनपुग्यो ।कार्यकक्षबाट उठेको समय परेकाले थप क्षति हुन पाएन ।
‘म सधैँ बस्ने गरेको मेरो कुर्चीको ठीक माथिको छतको दुईवटा काठ सहितको भारी ब्लक खसेको थियो, सौभाग्यले त्यतिबेला म त्यो कुर्सीमा बसेको थिइनँ, नत्र त्यो दिन त मेरो टाउकोमा नै भारी ब्लक खस्थ्यो, मेरो ज्यान नै पनि जान सक्थ्यो,’ अधिकारीले बताइन्।१ अर्ब २२ करोड ३५ लाख ६ हजार ५०५ रुपैयाँ अनुमानित लागत लाग्ने भन्दै उक्त भवन निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले टेन्डर आह्वान गरेको थियो। २१ प्रतिशत बिलो बिडिङ गरेको शर्मा एन्ड समानान्तर जेभीले ठेक्का पाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !