नवलपुर । जिल्लाको गैंडाकोट क्षेत्रमा यात्रुबाहक बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा २४ जना घाइते भएका छन् ।
गैंडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
प्रहरीका अनुसार बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २४ जनाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !