काठमाडौं । प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय गरेका हुन् ।
यसअगाडि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछी प्रहरी मुख्यालयले उनलाई कारबाहीस्वरुप फिर्ता गरेको थियो ।शाह तानिएपछी रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए । प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !