लहान । गरिखान पनि नदिने भए । राती माल ढुवानी गर्दा लहानमा प्रहरीले रोके । वील भर्पाईसहित भन्सारको लिलामी कागजात प्रहरीलाई देखाएपछि अनि मात्रै छाडेको अमित साहले बताए ।
ठाडी भन्सारले लिलाम गरेको खैनी लहान हुँदै सप्तरीको सुरुँगा नगरपालिका लैजाने क्रममा लहान प्रहरीले नियन्त्रणमा लिएका थिए । योसँगै खरिद गरिएको चिनीको बील र भन्सार कार्यालय ठाडीले लिलाम गरेको भन्सारको कागजात देखाएपछि सो मालसमान प्रहरी छाडेको हो ।
चिनीमा कर विजक लक्ष्मी किराना जेनेरल स्टोर लहान ८ सिरहाको बीलमा आशिष जेनेरल स्टोरको नाममा ५७ बोरा चिनी रहेको छ । त्यसैगरी ठाडी भन्सारले लिलाम गरेको कागजातसहित धरौटी रसिद प्रहरीमा पेश गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका अनुसार राती गरी समान ढुवानी गर्दा आशंका लागेर नियन्त्रणमा लिएका थिए । तर, सम्बन्धितपक्षले खैनी र चिनीको लिलामी कागजातसहित बील देखाएपछि छाडिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !