काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने ओलीको भनाइ थियो ।सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।
लीसँगै अरु नेताहरुले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने राय राखेको बैठकमा सहभागी एक नेताले बताए ।छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालिन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए ।
गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार, एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने रावलले अडान लिए ।तर ओलीसँगै अरु नेताहरुले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने राय राखेको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार, ओलीले भट्ट इन्चार्ज र प्रदेश अध्यक्ष कर्ण थापा नै हुने बताए ।‘१० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको थियो । तर जाने त गइ नै सके, अब मिलेर चलेको पार्टीमा समस्या ल्याउनेगरी भूमिका फेरिदैन’, ओलीलाई उधृत गर्दै ती नेताले बताए ।
१० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको भन्दै नेताहरु बालकोट पुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !