काठमाडौं । गत भदौं २५ गते पुरानो बानेश्वरस्थित मातृका अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् ।
एसएसपी अशोक सिंहका अनुसार उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरिएकाे हाे ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका आशिष कुँवरले भदौं २४ गते अस्पतालका चिकित्सकलाई बारम्बार फोन गरेर अस्पताल र घरमा बम पड्काई ध्वस्त पारीदिने धम्की दिएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !