नयाँदिल्ली । भारतको गुजरातमा भूपेन्द्र पटेल नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई सर्वसम्मतिमा संसदीय दलको नेता चुनिएको हो ।केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमरले पत्रकार सम्मेलन गर्दै गुजरातको नयाँ मुख्यमन्त्री भएको जानकारी दिएका छन् । संसदीय दलको आइतबार बसेको बैठकमा मन्त्री तोमर पनि सहभागी भएका थिए ।
तोमरका अनुसार पटेलले छिटै नै मुख्यमन्त्रीको शपथ लिनेछन् । गान्धीनगरमा भारतीय जनता पार्टी (भाजपा)को संसदीय दलको बैठकमा पटेलको नाममा सहमति जुटेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !