सिरहा । मानव वेचबिखनको आरोपमा सिरहाबाट दुई महिला पक्राउ परेका छन् । दुई युवतीलाई भारततर्फ लग्ने क्रममा उनीहरुलाई सिरहाको नरहा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बेंगरीकी २८ बर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ बर्षीया उषा देवी मलाह रहेको प्रहरीले जनाएको छ ।
१९ र १६ बर्षकी दुई युवतीलाई भारततर्फ बेच्न लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।ती युवतीलाई लहान आश्रममा मासिक ५० हजार रुपैयाँको दरले काममा लगाइदिने भनी बोलाएको र लहान बोलाइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै त्यसतर्फ लगिरहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !