काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया थालेपछि त्यहाँ कार्यरत कर्मचारी अझै पनि आन्दोलनमा छन् । उनीहरुले महाप्रवन्धक समेतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यता, वर्तमान सरकारले समेत नेवानिलाई कम्पनी मोडलमै रुपान्तरण गर्ने संकेत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गर्ने उल्लेख छ । यस्ता कम्पनीलाई पुँजीबजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाएर सक्षम बनाउँदै लैजाने नीति लिने मन्त्री शर्माले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !