एजेन्सी । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।अर्जेन्टिनालाई सानदार जित दिलाउको लागि कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको १४ औं, ६४ औं र ८८ औं मिनेटमा गोल गरे ।
खेलको सुरुवातदेखि नै दबाबमा राखेको अर्जेन्टिनाले १४औं मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।६४औं मिनेटमा मेस्सी नै गोल गर्दै अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा गोल गरेका थिए । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !