काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाका कारण रोजगार गुमाएकालाई ५ लाख गरिब गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माद्वारा संशोधिब बजेटमार्फत कोरोका कारण रोजगार गुमाउने ५ लाख गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री शर्माले भनेका छन् ।आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको संसद बैठकमा अर्थमन्त्री शर्माले क्यान्सर, मृगौला, मेरुदण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको प्रस्तुत गरे ।
जुन निर्णय २०७४ को निर्वाचनमा तत्कालीन शेरबहादुर देउवा सरकारले तर, निर्वाचनपछि आगमन भएको ओली सरकारले उक्त योजनालार्य खारेज गरेको थियो ।यसैगरी अर्थमन्त्री शर्माले काठमाडौँका १० स्थानमा विपन्न नागरिकका लागि खानाको बन्दोबस्त गर्ने पनि बताए । यसैगरी चालु खर्चतर्फ बैठक र भ्रमण भत्ताको बजेट कटौती गरिएको पनि अर्थमन्त्री शर्माले बताए ।
तर, एमाले सांसदहरुले भने संसदमा नाराबाजी गरिरहे ।
