काठमाडौं । प्रहरीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री गरेको आरोपमा काठमाडौंबाट एक किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुढानिलकण्ठका १९ वर्षीय प्रबल भण्डारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीले अवैध रुपमा क्यान्सरको औषधि बिक्री वितरण गरेको आरोप प्रहरीले लगाएको छ ।पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !