काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले संसदमा विरोध गर्नुपरेको बताएका छन् ।संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाए ।
‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ,’ उनले भने, ‘पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’सभामुखले निष्पक्ष भूमिका नखेलेकाले विरोध गर्नुपर्यो : योगेश भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले संसदमा विरोध गर्नुपरेको बताएका छन् ।संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाए ।
‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ,’ उनले भने, ‘पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !