काठमाडौं । नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट शुरु गरेकी छन् ।
उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि दिउँसो समय लिएको थियो।।उपाध्यक्ष सुमार एमसीसीबारे छलफल गर्न ४ दिने नेपाल भ्रमणमा बिहीबार आएकी छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा सहित प्रमुख दलको शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
जसमा उनले सबैभन्दा पहिले भेट एमाले अध्यक्ष ओलीसँग गर्ने भएकी छन् । नेकपा एमालले एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन ।अध्यक्ष ओलीले केही दिन अघि मात्रै एमालेलले एमसीसीबारे बिबज्ञहरुको भनइका साथै राम्रा अध्यायन गरेर मात्रै धारणा बनाउने बताएका थिए ।
उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !