काठमाडाैं । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक सडकखण्डको बाटो हुँदै ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरूमा पुराना मितिको प्रज्ञापन पत्र, सो प्रज्ञापन पत्रमा उल्लेखित मालबस्तुहरूको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू लगायतका सामग्री जिल्ला प्रहरी पर्साले बरामद गरेकाे जानकारी दिएकाे छ ।
मालबस्तुहरू लोड गरी चितवनतर्फ तस्करीका सामान लग्दै गरेकाे भन्ने प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको ट्रकहरू रोकी जाँच गर्ने क्रममा चालकहरू छाडी भागी फरार भएको अवस्थामा बरामद उक्त ट्रकहरूलाई वेवारिसे अवस्थामा नियन्त्रणमा लिइजिल्ला प्रहरी कार्यालयमा ल्याइएको र गाडीमा भएको प्रज्ञापनपत्र हेर्दा ना.३ ख ५१६५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७७ माघ २२ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको पत्ताे लागेकाे थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !