पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूह एमालेमा फर्कीए अझै पनि क्षमादान दिने बताएका छन् ।
मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपालले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको भन्दै अझै पनि एमालेमा फर्कीए क्षमादान दिने बताएका हुन् ।
पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । यसैबीच, केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए ।
‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो, उनले भने ।’
कार्यकर्ताले झगडा तिमीहरुले गर्ने दुःख हामीले पाउने भनेर भन्ने गरेको भन्दै पाण्डेले त्यो आफूले स्वीकार्ने पाण्डेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !