संखुवासभा । सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको नेतृत्वमा रहेको अनुसन्धान टोलीले तालीमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ ।हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिप्रकाले जनाएको छ ।
मानिस कतिसम्म निर्दयी र क्रुर बन्दै जाँदैछ भन्ने उदाहरण संखुवासभामा खोला गाउँमा भएको सामूहिक हत्याकाण्डले छर्लङ्ग पारेको छ ।घर वरपर छरिएको अवस्थामा फेला परेको एउटै परिवार ६ जनाको शवको घटना बाहिरिए पछि अविवेकी बन्दै गएको समाजमा घटेको यो घटनाका योजनाकार र हत्यारा को होलान रु र, किन यति क्रुर घटना घटाइयो भन्ने कोतुहलता सर्वत्र बढेको छ ।
-
प्रहरीले बिभिन्न प्रविधिको सहयोगमा अनुसन्धान थालेको छ ।
अज्ञात समूहले संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका ५८ वर्षीय तेजबहादुर कार्की, कार्कीका ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । बाँचेका एक जना तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की कान सुन्दैनन र आँखा पनि कमजोर छ।तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका छन् । मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कार्की परिवारकाे हत्या भएको घटनास्थलमा १५ तोला सुन र तीन लाख रुपैयाँ फेला परेको छ ।आइतबार राति तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नातीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान (बारी, खोला र सडकको भित्ता) मा फेला पारिएको थियो ।उक्त घटनाको अनुसन्धानको क्रममा मंगलबार घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयाे ।
इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा १५ तोला सुन सहित ३ लाख रुपैँया रकम फेला परेको डिएसपी सुवेदीले बताउनुभयाे ।
आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिएका छन् ।घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ ।
