जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरी ८ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।
जनकपुरधामको क्याम्पस चोकस्थित एक होटलमा बसेर सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने नाममा घूस लिंदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !