काठमाडौं । नेपाली सेनाका उपरथी बालकृष्ण कार्कीको बढुवा सिफारिस गरिएको छ । विशेष फौजको नेतृत्व सम्हालिरहेका कार्कीको पदोन्नतिका लागि कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सिफारिस गरेका हुन् । सेनाले उनीविरुद्ध उजुरीसमेत आह्वान गरेको छ ।
अब नेपाली सेनाले आफ्नो प्रस्तावलाई रक्षा मन्त्रालय पठाउनेछ । रक्षाले मन्त्रिपरिषद् । तर कार्कीको बढुवा निश्चित छ । किनभने, सेनाको प्रस्ताव मन्त्रिपरिषद्मा केवल औपचारिकताका लागि मात्र लगिन्छ । सबै प्रस्ताव अक्षरशः पारित हुन्छ ।
कार्की २४ बेसिकका अधिकृत हुन् । स्टाफ तालिम केँन्द्र, सुदूरपश्चिम पृतनालगायतको नेतृत्व गरिसकेका उनले चीनबाट नेशनल डिफेन्स कोर्ष पूरा गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !