काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्य घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले छापा मार्दा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुस सहित कंलकी–१४ का वडा सदस्य पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कंलकी–१४ बाट नेकपा एमालेबाट निर्वाचित वडा सदस्य वसन्त महर्जनलाई नगद दुई लाखसहित रंगेहात पक्राउ गरेको छ ।
वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम माग गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !