काठमाडौं । आइतबार रातिदेखि परेको भारी वर्षासँगै काठमाडौं उपत्यका र आसपासका क्षेत्रका नदी किनारहरुमा बाढी आएको छ।भारी वर्षाका कारण उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने तथा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
यता भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !