चितवन । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटाले एमाले नेता महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्।चितवनको इच्छाकामना गाउँपालिकामा शनिबार वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई सम्बोधन उनले उक्त चुनौती दिएका हुन्।
‘महेश बस्नेतहरुलाई चुरिफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चुनौती दिन्छु,’ उनले भने।वाईसीएललाई सहरका युवाहरुमाझ सबैभन्दा लोकप्रिय र पुन: मुलुकको पहिलो संगठन बनाइने उनले दाबी गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !