जनकपुरधाम । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ७६ लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ ।लहान नगरपालिका–१९ स्थित कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा रिकल–के २–७ १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट ५ कार्टुन बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !