काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व एआईजीपी ठाकुरमाहेन श्रेष्ठले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न माग गरेका छन्। श्रेष्ठले नक्कली नागरिकता देखाएरसमेत नेताहरु मन्त्री बनेको भन्दै आक्रोश पोखेका छन्।
‘नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गरियोस्। हाम्रो पहिचानका लागि हामी जनताकाबीचमा जान पनि तयार छौं,’ काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने।श्रेष्ठले देशका पूर्व सुरक्षाकर्मीहरुले नै राष्ट्रको गरिमा बचाउनुपर्ने बताउँदै यसका लागि सबै पूर्व सुरक्षाकर्मीहरु तयार रहनुपर्ने जानकारी दिए।
