रौतहट । जागिर लगाउने प्रलोभनमा ७ लाख बढी रुपैया ठगी गरेको आरोपमा एकजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका १ का ४२ बर्षीय बिनय राउत कुर्मी रहेका छन् ।
गौर नगरपालिका ७ का सुधीर कुमार झा समेतको जाहेरीले कुर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए। गत वैशाख २० गते गौर नगरपालिका ८ झोलुङगेपुल नजिक बोलाई कुर्मीले प्रहरीमा आफ्नो राम्रो सम्पर्क रहेको भन्दै ५ जना संग सात लाख पचपन्न हजार उठाएर फरार भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !