काठमाडौं । हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् । २०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियार एसएमजी ( सर्ट मेसिन गन) चारी गरेको आरोपमा २८ महिनादेखि कारागारमा रहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतले शुक्रवार सफाइ दिएको हो । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ दुवैलाई २०७५ चैतबाट लागू हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्काकाे आदेश दिएको छ ।
पदोन्नती रोक्का गरिएपनि दुवै सैनिक साविककै पदमा पुनर्बहाली भएका छन् । गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !