काठमाडौं । सैनिक हुद्दा गुरुङको हत्या आरोपमा एक सैनिक जवानलाई जन्मकैद फैसला सुनाइएको छ । गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने नेपाली सेनाको समरी जनरल सैनिक अदालतले निर्णय गरेको हो ।
ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी गराए ।
उनका अनुसार सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो ।उनका अनुसार ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको छ । गत साउन साउन ७ गते भरतपुर महानगरपालिका वडा नम्बर १७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको हत्या भएको थियो ।
त्यस्तै ढकालको बयानबाट उनले एसएमजी हतियार चोरेर साथीलाई गोली हानेको खुलासा भएको थियो । उक्त घटनामा सेनाले यही भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !