काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न पार्टीको १४ औं महाधिवेशनमा सक्रियरुपमा सहभागी हुन सबै नेता तथा कार्यकर्ताहरुमा आग्रह गरेका छन्।
सभापति देउवाले आज बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो संदेश जारी गर्दै स्वदेश र विदेशमा रहेका पार्टीका सदस्य, शुभेच्छुक र शुभचिन्तक सबैलाई महाधिवेशनलाई पर्वका रुपमा लिई सहभागी हुन आग्रह गरेका छन् ।
यसअघि हिजो पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एक भिडियो संदेश जारी गर्दै आत्माको निर्णय सुनेर सफल नेतृत्व चयन गर्न सबैमा आग्रह गरेका थिए।
आत्माको कुरा सुनेर निर्णय गर्न नेता-कार्यकर्तालाई रामचन्द्र पौडेलको अपील
प्रधानमन्त्री समेत रहेका देउवाले संवैधानिक बाध्यता अनुसार कोरोना महामारीमै महाधिवेशन गर्नुपर्ने बाध्यता आएको बताउँदै सामाजिक दूरी कामय गरी सहभागी हुन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन्।
‘नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ,’देउवाले भिडियोमा भनेका छन्, ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !