कञ्चनपुर । कञ्चनपुरमा झण्डै साढे तीन लाखको अवैध सामान बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय दोधारा, त्रिभुवनबस्ती, बेल्डाँडी र गुलरियाबाट खटिएको टोलीले ३ लाख ४५ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
भारतबाट भन्सार छली ल्याइएको मोटरसाइकल, साडी, सुट, पितललगायतका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !