काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीस विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको हो ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उक्त आदेश गरेको हो।आदेशको जानकारी आजै विपक्षीहरूलाई गराउनु भनी आदेश गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !