काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईलाई झड्का लागेको छ । माधव नेपालले खोलेको नयाँ दलमा नलागेर एकताकै पक्षमा बसेका भट्टराईलाई माधव नेपालको साथ छाडेको दुई सातामै केपी शर्मा ओली नेतृत्वको एमालेले पार्टी प्रवक्ताबाट हटाएको हो ।
एमालेमा समाहित भएलगत्तै २०७५ जेस्ठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । आज एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको पाइएको हो ।
दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ । विज्ञप्तिबाट योगेशको जिम्मा प्रदीप ज्ञवालीले पाएको बुझिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !