काठमाडाैं । भारतीय सेनाले नेपाली सेनाका आठ जना पूर्वप्रधानसेनापतिहरुलाई भारत बाेलाएकाे छ ।पछिल्लो समय नेपाल-भारतकाबीच सीमानामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशबीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरुलाई भारतीय सेनाले यसरी एकैसाथ बोलाउनुलाई अर्थपूर्ण तबरले हेरिएको छ ।
सैनिक स्रोतका अनुसार यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै आठ पूर्वप्रधान सेनापतिहरुलाई बोलाइएको हो। हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनादेखि भूतपूर्व हुन लागेका सेनापति पूर्णचन्द्र थापालाई समेत गरेर आठैजनालाई भारतीय सेनाले बोलाएको स्रोतले बतायो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !