काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।
यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ प्रहरी एकेडेमीमा निरज शाहीको सरुवा भएको छ ।
सहकुल थापालाई कार्य विभाग प्रमुखका रुपमा पदस्थापन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !