Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चर्को भाडा असुल्ने एयरलाइन्सलाई कारबाही गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ को महामारीका कारण गरिएको लकडाउन निषेध आदेशको समयमा चार्टरलगायत अन्तराष्ट्रिय उडानमा चर्को भाडा असुलेको पाइएको छ। उक्त विषयमा छानबिन गर्न बनेको समितिले टर्किस एयरलाइन्स, कतार एयरवेज र हिमालयन एयरलाइन्सलाई कारबाही गर्न सुझावसहितको प्रतिवेदन पेस गरेको छ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद देवकोटालाई प्रतिवेदन बुझाउदै समितिले कतार, टर्किस र हिमालयनलाई कारबाही गर्न सुझाव दिएको हो। यी वायुसेवा प्रदायकले चर्को हवाई भाडा असुलेको भन्दै २५ वटा उजुरी परेका थिए। जसमध्ये कतार एयरवेजको चार्टर उडानसँग सम्बन्धित १६ वटा, टर्किस एयरलायन्ससँगसम्बन्धित ७ वटा र हिमालयन एयरलाइन्ससँग सम्बन्धित २ वटा उजुरी थिए। कम्पनीविरुद्ध उजुरी परेपछि मन्त्रालयले २०७८ असार ७ गते नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोखरेललको संयोजकत्वमा समिति गठन भएको थियो।

काठमाडौं–डायलस (अमेरिका) का लागि कतार एयरलाइन्सले तोकेको भाडादर ७५ हजार रूपैयाँ छ । कोभिड–१९ महामारीपछि चार्टर उडानको अनुमति पाएको यो एयरलाइन्सले पनि नियमितको भन्दा ३ गुणा बढीसम्म भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । हिमालय एयरलाइन्सको सामान्य अवस्थामा काठमाडौं–साउदी अरेयिबा (दमाम) को प्रतियात्रु भाडा ३० हजार रूपैयाँ हो । तर चार्टर उडानको अवसर पाएको यो एयरलाइन्सले पनि मौकामा चौका हान्दै ७५ हजारदेखि ९० हजार रूपैयाँसम्म असुलेको पाइएको छ । २०७८ वैशाख २४ मा भारतबाहेकका देशमा नियमति अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि त्यसको १ महिना १९ चार्टर उडान भए । जसमा नेपाल एयरलाइन्सले ६, कतार र हिमालयन एयरलाइन्सले समान ५÷५ र टर्किस एयरलाइन्सले ३ उडान गरे ।

नियमित उडानको अनुमतिपछि असार १७ सम्म ५९ चार्टर उडान भए । जसमा नेपाल एयरलाइनसले सबैभन्दा बढी २०, हिमालय र कतार एयरलाइन्सले १६÷१६ र टर्किसले ७ उडान भरे । विभिन्न देशमा चार्टड उडानको अनुमति दिएको सरकारले भाडादर पनि तोकेको थियो । तर चार्टर उडानको अनुमति पाएका राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सदेखि विदेशी एयरलाइन्स सबैले यात्रुसँग मनमौजी भाडा असुलेर करोडौं रूपैयाँ ठगी गरेका छन् ।चार्टड उडानमा यात्रु ठगिएको गुनासोपछि सरकारले यसबारे छानबिन गर्न २०७८ असार ७ मा समिति बनायो । ५ सदस्यीय समितिको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल स्वयं छन् । समितिमा मन्त्रालयलगायत निकायका प्रतिनिधि पनि सम्मिलित छन् ।

समितिले सुरुमा उजुरी आह्वान गरेको थियो । तर सीमित व्यक्तिले मात्र आफू ठगिएको उजुरी दिएका छन् । समितिका अनुसार, हालसम्म २५ वटा उजुरी मात्र परेका छन् । यसमा कतिपय एयरलाइन्सले ठगी गरेको भेटिएको छ । कतिपयले चाहिँ ट्राभल्स एजेन्सीसँगको मिलेमतोमा कम्पनीसँग भाडा रकममा फाइदा निकाल्न चर्को शुल्क राखेको पाइएको छ ।

पहिलो लकडाउनमा झैं यसपटक पनि अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि तत्कालीन पर्यटनमन्त्री उमाशंकर अरगरियाले प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

सरकारले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न लगाएको निषेधाज्ञापछि (वैशाख १९ यता) का अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएका स्वदेशी–विदेशी वायुसेवा कम्पनी र तीनका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमाथि समितिले छानबिन गरेको थियो । पूर्वपर्यटनमन्त्री भानुभक्त ढकाललाई मौखिक जानकारी दिँदा पनि कारबाहीका लागि पहल नभएपछि जहाजको टिकट तथा ‘टुर प्याकेज’ बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेट्स’ (नाट्टा) ले जेठ २५ गते आफ्ना केही सदस्य ट्राभल एजेन्सीहरुले कतार र टर्किस एयरलायन्ससँग भइरहेका चार्टर उडानमा मिलेमतो गरी अनियमितता गरेकाले तत्काल कारबाही गर्न नयाँ पर्यटनमन्त्री अरगरियालाई मौखिक तथा नागरिक उड्डयन प्राधिकरणलाई लिखित पत्रै पठाएका थिए ।

प्राधिकरणले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जेठ ३१ गते हिमालय एयरलायन्सको काठमाडौं–दमाम उडानमा नेपाली कामदारबाट एकतर्फी हवाई भाडा २ लाख बढी असुल भएको भन्दै छानबिन गर्न पत्राचार पनि गरेको थियो । त्यसैगरी चार्टर उडानमा संलग्न नेपाली ट्राभल एजेन्सीहरुमा दरबारमार्गमा रहेको प्रेसिडेन्ट र नागपोखरीमा रहेको मेगाबाइट ट्राभल एन्ड टुर्सबाट बिक्री हुने चार्टर उडानका टिकटमा अत्यधिक मूल्य असुल हुने गरेको यात्रुहरुले गुनासो गरेका थिए ।यसअघि ०७७ जेठमा पनि चार्टर उडानमा एजेन्टहरुले वायुसेवा कम्पनीसँग मिलेमतोमा एकतर्फी हवाई भाडा तेब्बरसम्म असुलेको गुनासो सार्वजनिक भएपछि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

उक्त समितिको प्रतिवेदन मन्त्रालयले हालसम्म सार्वजनिक गरेकै छैन ।मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसमध्ये कतार एयरवेजसँग सम्बन्धित ९ वटा टिकट, टर्किस एयरलायन्सको उडानका दुइटा टिकट र हिमालय एयरलायन्सका दुईवटा टिकटमा निर्धारितभन्दा बढी भाडा लिएको पाइयो ।’

समितिका अनुसार, काठमाडौं दोहाको उडानसँग सम्बन्धित कतार एयरवेजका १६ यात्रु, टर्किस एउरलाइन्सका ७ यात्रु र नेपाली वायुसेवा हिमालय एयरलायन्सका दुई यात्रुले महँगो भाडा तिर्नु परेको उजुरी दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh